Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय जनगणना २०७८

    सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, कम मनाङमा

    सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, कम मनाङमा

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 603
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणना–२०७८ को अन्तिम नतिजा सार्वजनिक गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रमका बीच जनगणना–२०७८ को अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।



    नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५ सय ८७ रहेको छ ।



    त्यस्तै सबैभन्दा कम भने मनाङ जिल्लाको जनसंख्या रहेको छ । मनाङ जिल्लामा ५,६५८ जनाको अक्सर बसोबास रहेको जनगणनामा उल्ल्खे छ ।

    मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार