Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन आयोजना गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ।

महानगरले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने महानगरपालिकाले जनाएको छ । सम्मेलन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

महानगरकी उपमेयर सुनीता डंगोलका अनुसार सम्मेलनमा सात सय ५२ वटै पालिकालाई पत्र पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077