प्युठान । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका प्रतिश जीसी गृह जिल्ला प्यूठानमा सम्मानित भएका छन् ।
जीसीलाई झिमरुक गाउँपालिकाले बिहीबार नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।
झिमरुक गाउँपालिका-३ लामसेराका स्थायी बासिन्दा जिसीले हालै यूएईमा सम्पन्न आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।
जिसीलाई खेल क्षेत्रमा थप हौसला दिने उद्धेश्यले व्यक्तिगत रुपमै उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०-५० हजार रुपियाँ प्रदान गरेका हुन्।
Leave a Reply