Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 492
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

    सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।



    प्रचण्डले भने, ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत सुरक्षाको प्रत्याभुति, दुर्घटना,हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ ।’



    प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार