Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • लुम्बिनी प्रदेश : एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने संकेत, समर्थन फिर्ता लिने चार दलको तयारी

    लुम्बिनी प्रदेश : एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने संकेत, समर्थन फिर्ता लिने चार दलको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 831
    SHARES

    दाङ । लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ । सरकार गठनका लागि समर्थन दिएका दलहरुले समर्थन फिर्ता लिने तयारीसँगै लुम्विनी प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ ।

    नेकपा माओवादी केन्द्रसहितका दलहरुले एमाले नेतृतवको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेसँगै एमाले सरकार संकटमा परेको हो ।
    माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजावादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक गृहकार्य थालेका हुन् ।



    गत पुुस २७ गते नेकपा माओवादी केन्द्रसहित नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा एमालेको नतृत्वमा सरकार बनेको थियो । पाँच दल र स्वतन्त्र सासदहरुको समर्थनमा लुम्बिनी प्रदेश सरकारको मुुख्यमन्त्री लीला गिरीले माघ ५ विश्वासका मत पाएका थिए ।



    समर्थन फिर्तासँगै लुम्विनी प्रदेशमा नयाँ सरकार गठनको छलफल सुरु हुुन थालेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन आज संसदीय दलको बैठक बोलाइसकेको छ ।

    माओवादी केन्द्रका लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि लुम्विनी प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलहरु बाहिरिने तयारीमा रहेको प्रतिकृया दिइसकेका छन् ।

    उनका अनुसार आज नेपाली कांग्रेस, माओवादी केन्द्र , नागरिक उन्मुुक्ति, जसपा, लोपसा र स्वतन्त्र सासंदहरुबीच छलफल हुन लागेको छ । लुम्बिनी प्रदेशका ८७ सांसद मध्ये सरकार गठनका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री लीला गिरीले एमाले २९ , माओवादी केन्द्र ९, नागरिक उन्मुक्ति ४, राप्रपा ४, लोसपा ३, जसपा ३ र स्वतन्त्र सांसद ३ गरी ५५ जना सासंदको समर्थन पाएका थिए । अब मुख्यमन्त्री गिरीले एमाले र राप्रपाका गरी ३३ सांसदले मात्र साथ पाउने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार