एजेन्सी । तान्जानियाले देशको उत्तर–पश्चिम कागेरा क्षेत्रमा मारबर्ग भाइरस रोगको पहिलो पटक पुष्टि भएको छ ।
तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठ जनामा ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन गरिएको नमुना परीक्षणमा मारबर्ग भाइरस पुष्टि भएको हो ।
तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन नमुना विश्लेषण गरेको थियो।
एक स्वास्थ्यकर्मीसहित आठमध्ये पाँचजनाको मृत्यु भएको छ भने बाँकी तीनजनाको उपचार भइरहेको छ। कुल १६१ जना सम्पर्क भएका व्यक्ति पहिचान गरिएको छ र निगरानी भइरहेको जनाइएको छ।
Leave a Reply