Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचनका लागि उमेदवार सिफारिस गर्न जसपाको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि उमेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चैत १५ भित्र तीनजनाको नाम सिफारिस गरी पठाउन निर्देशन दिने निर्णय निर्णय गरिएको हो ।

जिल्लाबाट रिर्पोट आइसकेपछि उमेदवारबारे निर्णय हुने जसपा नेता प्रकाश अधिकारीले बताए ।

आगामी वैशाख १० गते रिक्त रहेका बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077