Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले दिए नवनियुक्त पाँच एआईजीलाई बधाई

    प्रधानमन्त्री प्रचण्डले दिए नवनियुक्त पाँच एआईजीलाई बधाई

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 735
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रहरीका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई बधाई दिएका छन् ।

    डीआईजीबाट एआईजीमा पदोन्नति भएका प्रहरी अधिकारीहरुलाई आईजीपी धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेपछि प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।



    दुई दिनअघि सरकारले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो ।



    भेटमा प्रधानमन्त्री प्रचण्डले बढुवा भएका एआईजीहरुलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरे ।

    प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित सिंहदरबार पुगेका ५ एआईजीमध्येबाटै चार दिनपछि आईजीपी नियुक्ति हुँदैछ । आईजीपी बढुवाको चार दिनअघि बुधबार उनीहरुले एआईजीको दर्ज्यानी चिन्ह लगाएका छन् ।

    गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिले २६ फागुनमा उनीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । सिफारिसमा परेका पाँचै जनालाई मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार