Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन युद्ध रोक्न रुसलाई चिनियाँ राष्ट्रपति सीको आग्रह

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेन युद्ध अन्त्यको प्रस्ताव राखेका छन् ।

रुस भ्रमणमा रहेका सीले रुस–युक्रेन युद्धका लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव समकक्षी पुटिनसमक्ष राखेका हुन् ।

चीनको प्रस्तावमा सामान्य सिद्धान्तका कुरा भए पनि युद्ध कसरी रोक्ने भन्ने विस्तृत योजना भने नरहेको र रुसले पछिल्लो भेटबारेमा विस्तृत जनाकारी दिएको छैन् ।

पश्चिमा देशहरूले रुसलाई एक्लो बनाइरहेका बेला चिनियाँ राष्ट्रपति सी रुस पुगेर युद्ध रोक्न आग्रह गरेका हुन् । चीनको प्रस्तावपछि रुसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफू खुला रहेको बताएका छन् ।

एक वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरे पनि चीनले त्यसको विरोध गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077