Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस एकदुई दिनमै प्रचण्ड नेतृत्वको सरकारमा जान्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले नेपालको आर्थिक सुधार गर्ने जिम्मा नेपाली कांग्रेसमाथि आएको बताएका छन्।

गिरिजाप्रसाद कोइरालाको योगदानबारे आयोजित अन्तर्क्रियामा कार्यक्रममा बोल्दै नेता काइरालाले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस अब एकदुई दिनभित्रै सरकारमा जाँदैछ । अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन । कुनै किसिमको कमिकमजोरी अब कांग्रेसबाट गर्नु हुँदैन ।’

नेता काइरालाले कांग्रेसलाई १० दलीय गठबन्धनलाई मिलाएर अगाडि जानुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।

उनले कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक दुई दिनमै जान लागेको बताए।  उनले प्रचण्ड नेतृत्वको सरकारलाई राम्ररी चलाएर अगाडि बढ्न सक्ने विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077