Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बानेश्वरको सार्वजनिक कार्यक्रमस्थलमै प्रचण्डविरुद्ध नाराबाजी

    बानेश्वरको सार्वजनिक कार्यक्रमस्थलमै प्रचण्डविरुद्ध नाराबाजी

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 567
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ ।

    मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा केहि युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।



    कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न नपाउदा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए ।



    त्यसबीचमा अर्का एकजना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।

    प्रहरीले उनीहरुलाई गाडीमा राख्दै गर्दा दुवैजना युवाले गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन भन्दै नाराबाजी गरेका थिए ।

    उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार