Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले भने – सरकारलाई पूर्णता दिन गृहकार्य सुरु भएको छ

    गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले भने – सरकारलाई पूर्णता दिन गृहकार्य सुरु भएको छ

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 468
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई पूर्णता दिने प्रयत्न थालेको बताएका छन् ।

    मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको बताए ।



    उनले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग वार्ता र संवाद सुरु भएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले,‘ हिजोबाट फेरि राजनीतिक वातावरण वनेको छ, लय पक्रिएको छ । सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ ।’

    देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने दाहालले बताए । जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ प्रदेश र स्थानीय तहसँग एकीकृत रुपमा अघि बढ्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार