Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा मध्याह्न साढे १२ बजे बस्न लागेको हो ।

आजका लागि बोलाइएको समितिको बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायत विषयमा छलफल हुने तय भएको जसपाले जनाएको छ ।

जसपाले चैत १५ भित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । जसपाको विधान अधिवेशन चैत २७, २८ र २९ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077