Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलक्षित लिङ्देनको कटाक्ष - हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फाले !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो मोडेको कारण आफूहरू सरकारबाट बाहिरिएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै लिङ्देनले यस्तो बताएका हुन् ।

लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई दुई महिनामा दुई पटक विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरे ।

लिङदेनले भने, ‘ड्राइभर अनुभवी भनेर आएपछि लाइसेन्स भएको मान्छेलाई हाइड्रोजन गाडी दिएको तर पुरानै गाडी चलाउँछु भनेर हाम फालेपछि के गर्नु ?’

लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई धेरै गाडी फेर्ने ड्राइभरको संज्ञा दिँदै आफूहरू केही थान मन्त्रीका लागि मात्र नभएर निश्चित मुद्दा लिएर सरकारमा गएपनि प्रधानमन्त्रीले नै बाटो फेरेको सरकारबाट बाहिरिनुपरेको बताए ।

उनले यही अवस्थामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077