Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संठनात्मक विषयमा सुझाव संकलन गर्न माओवादीले सबै प्रदेशमा अन्तरक्रिया गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्नका लागि सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत ११ देखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया गर्ने तय गरेको हो ।

संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले सम्पर्क समन्वय प्रदेशमा चैत ११, उपत्यका विशेष प्रदेशमा चैत १३ गते अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

यसैगरी कोशी प्रदेशमा चैत १७ गते, मधेस प्रदेशमा चैत १८ गते, बागमती प्रदेशमा चैत २७ गते, लुम्बिनी प्रदेशमा चैत २५ गते कार्यक्रम गर्ने तय भएको छ ।

यस्तै कर्णाली प्रदेशमा चैत २२ गते, सुदूरपश्चिम प्रदेशमा चैत २० गते तथा गण्डकी प्रदेशम पछि तय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077