Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - प्रधानमन्त्री बनाएकै भोलिपल्ट प्रचण्डले इमान छाडे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको बताएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान छाडेको टिप्पणी गरे।

उनले भने, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ। त्यो पार्टीका उहाँ बाहेक सबै अरू केही छैन। चुनावी तालमेल गर्दा पनि सरकार बनाउन चाहनुभएन।’

प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको आरोप लगाए। वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077