Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्रीले भने– बैंक, लघुवित्त र सहकारीको समस्या हलका लागि बृहत समीक्षा गर्छौं

    प्रधानमन्त्रीले भने– बैंक, लघुवित्त र सहकारीको समस्या हलका लागि बृहत समीक्षा गर्छौं

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 471
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

    उनले  वित्त क्षेत्रको समग्र समस्या प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने  बताए।



    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए ।



    प्रधानमन्त्रीले भने, ‘केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु। बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं।’

    बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार