Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 603
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ।

    आइतवार बिहान संसद भवन नयाँबानेश्वरमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।



    कांग्रेसले बैठकमा सरकारमा जाने र संसदमा आजबाटै प्रतिपक्षी बेन्च नेकपा एमालेलाई छाड्ने निर्णय गरेको छ । गत पुस २६ गते प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिइसकेको छ।



    प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा सहभागिता हुनेछ ।

    सरकारले संविधानको रक्षा, विकास र सम्मृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार