Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण प्रतिवेदन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचन गत चैत ३ गते सम्पन्न भएको थियो ।

शुक्रबार सम्पन्न निर्वाचनबाट ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077