Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • विराटनगरमा बिहानैदेखि निषेधाज्ञा जारी, सभा, जुलुस, धर्नाजस्ता कार्य गर्न रोक

    विराटनगरमा बिहानैदेखि निषेधाज्ञा जारी, सभा, जुलुस, धर्नाजस्ता कार्य गर्न रोक

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 702
    SHARES

    मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र तोकिएको हो ।

    कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै आज निषेधाज्ञा जारी गरेको छ ।



    चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरेका छन् ।



    निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोक देखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार