Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र रास्वपाकी सांसद गौतमबीच भेटवार्ता,भनिन्- मूलपानी क्रिकेट रंगशाला छिटो सकौँ

    प्रधानमन्त्री प्रचण्ड र रास्वपाकी सांसद गौतमबीच भेटवार्ता,भनिन्- मूलपानी क्रिकेट रंगशाला छिटो सकौँ

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 699
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ ।

    सांसद गौतम प्रधानमन्त्री प्रचण्डलाई भेटन् समय लिएर आज बिहान बालुवाटार पुगेकी हुन् ।



    सांसद गौतमले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो निर्वाचन क्षेत्रका विभिन्न सरोकारहरूमा छलफल गरिन् । खासगरी मूलपानीमा निर्माणाधीन क्रिकेट रंगशालालाई पूर्णता दिनुपर्ने विषयलाई उनले विशेष जोड दिइन् ।



    अलपत्र रहेको मूलपानी रंगशालालाई चाँडो सिद्ध्याएर अन्तर्राष्ट्रिय म्याच खेल्न योग्य बनाउनुपर्नेमा उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

    प्रधानमन्त्री प्रचण्डले यसमा सकारात्मक जवाफ दिएका छन् । उनले अस्ति आफू क्रिकेट हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान पुग्दा रंगशालाको आवश्यकता झन् बढी महसुस भएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार