Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघ र प्रदेशका सांसदहरूका लागि आज शितलनिवासमा चियापान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन् ।

आज बिहान ९ बजे राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन् ।

शुक्रबार सम्पन्न भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले चियापानका लागि शीतलनिवास बोलाएको बताइएको छ ।

राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न लागेका हुन्। पौडेल गत २५ फागुनमा भएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रपति निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077