Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति रामसहाय स्वच्छ छवि र इमानदारका प्रतीक हुन् : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति रामसहायप्रसाद यादव इमानदारिता र स्वच्छ छविको प्रतीकको रूपमा रहेको बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार यादव निर्वाचित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताए ।

'यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरूका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्नेछ,' उनले भने, उपराष्ट्रपतिको विजय सबैको विजय हो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077