Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ती गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ती गर्नुपर्ने व्यवस्था अनुरुप बढुवा भएका ३३ जना मध्ये शान्ति सेनामा खटिएका बाहेक २७ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै बढुवा भएका अधिकृतहरुको परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077