Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता, द्विपक्षीय हितका विषयमा कुराकानी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपती मुर्मुबीच फोन वार्ता भएको छ ।

केरला भ्रमणमा रहेकी भारतीय राष्ट्रपतिले शुक्रबार साँझ राष्ट्रपति पौडेललाई टेलिफोन गरेकी हुन् ।

भारतीय राष्ट्रपति मुर्मुले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएकी छिन् । साथै उनले सफल कार्यकालको शुभकामना दिइन् ।

उनीहरुबीच दुई पक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको बतइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077