Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - ढुक्क हुनुस्, अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन ५ वर्षसम्म टिक्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड'सँग विश्वासको मतबारे छलफल गरेपछि देउवाले वर्तमान गठबन्धन ५ वर्ष नै मज्जाले चल्ने बताएका हुन् ।

देउवाले भने, ‘अहिलेको यो सत्ता गठबन्धन पूरै अवधि (पाँच वर्ष) नै जान्छ । यसमा ढुक्क भए हुन्छ ।’

उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच विश्वासको मत, सरकार विस्तारसहितका विषयमा छलफल भएको थियो ।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचन भएपछि एक-दुई दिनमा विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले सरकार पुनर्गठनको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077