Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गगन थापालाई एमाले अध्यक्ष ओलीको प्रश्न - कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल नै पर्खिनुपर्छ र ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यबारे बोल्ने बेला नभएको बताएका छन् ।

उपराष्ट्रपतिमा मतदान गरेर बाहिरिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनपछि ओलीले कांग्रेससँग नमिल्ने भनेर आफूहरूले कसम नखाएको अभिव्यक्ति दिएका थिए ।

[insert page='203923' display='yopanipadhnuhos.php']

त्यसलगत्तै कांग्रेस महामन्त्री गगन थापाले ओलीलाई जवाफ फर्काउँदै २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका थिए ।

[insert page='203932' display='yopanipadhnuhos.php']

त्यसको जवाफ आज ओलीले फर्काएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्‍यो ?’

उनले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077