काठमाडौं । चिनियाँ राजदूत छन् सोङ्ले बीआरआई कुनै पनि भूराजनीतिक उपकरण नभएको स्पष्ट पारेका छन् ।
फ्रेन्ड्स अफ सिल्क रोड नेपालद्वारा बिहीबार आयोजित ‘चीनको बेल्ट एन्ड रोड इनिसियटिभ को १० वर्ष र नेपालको अनुभव’ कार्यक्रममा सम्बोधन गर्दै राजदूत छनले बीआरआई पूर्णरुपमा खुला, समावेशी र पारदर्शी भएको दाबी गरेका हुन् ।
साथै उनले नेपालमा चिनियाँ लगानीलाई अनुकूल वातावरण सिर्जना गर्ने आशा व्यक्त गरे ।
उनले भने ‘बीआरआई पूर्णरुपमा खुला, समावेशी र पारदर्शी छ । यसलाई ऋणको पासो भन्ने गलत भाष्यको रुपमा खडा गर्न खोजिएको छ, जुन गलत हो । बीआरआई सहकार्यको लागि हो,’ उनले भने, ‘अब उच्चस्तरीय बीआरआई सहकार्यमा जान्छौं ।’
Leave a Reply