Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई देउवा र ओलीको बधाई

काठमाडौं । नेपाली क्रिकेट टोली विश्वकप क्रिकेट छनोटमा पुगेपछि नेताहरुले बधाई दिन थालेका छन् ।

यूएईलाई ९ रनले हराउँदै नेपालले विश्वकप छनोट तय गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

उनले लेखेका छन् 'बधाई टिम नेपाल ! आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा हार्दिक बधाई ।'

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि टोलीलाई बधाई दिएका छन् । 'यूएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई', उनले भनेका छन्, 'हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ।'

कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको युएईलाई नेपालले ९ रनले पराजित गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077