Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मकवानपुरमा बस दुर्घटना हुँदा १४ घाइते, ३ जनाको अवस्था गम्भिर

मकवानपुर । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका ६ नम्बर वडाको डिपार्टमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सवारी चालकसहित १४ जना घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ।

बस पूर्व–पश्चिम राजमार्गबाट तल खेतमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077