Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले कांग्रेसलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा कांग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्णय सार्वजनिक गरेपछि कार्यालयले स्पष्टीकरण सोधेको हो ।

उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेको भन्दै आयोगले कांग्रेसलाई स्पष्टीकरण सोधेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बुधबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ४८ घण्टा अगाडि मौन अवधि जारी भएको जानकारी गराएको थियो। चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। यस सम्बन्धमा प्रचारप्रसार, छलफल, मत माग्न, सभा, भेला, गोष्ठी लगायत गर्न निषेध गरेको छ।

यसैबीच उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077