Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दूधको मूल्य लिटरमै ११ रुपैयाँ वृद्धि

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा बिहीबारदेखि लागू हुने गरी डीडीसी ले दूधको मूल्य बढाएको हो ।

डीडीसीले दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको छ । गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो ।

३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्‍याएको थियो ।

त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077