Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 477
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्।

    उपराष्ट्रपतिको चुनाव चैत ३ गते सकिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन्।



    कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् ।



    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गरेका थिए ।

    एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार