Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुखहरूबीच भेटेवार्ता

    प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुखहरूबीच भेटेवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 408
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटेका छन्।

    बुधवार बिहान भएको भेटमा प्रदेश प्रमुखहरू तिलक परियार, अमिक शेरचन, परशुराम खापुङ लगायतले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।



    सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी भने सहभागी थिएनन् ।



    भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार