Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • ७० करोड राजस्व हिनामिना : यातायातका चार उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचारी ठहर

    ७० करोड राजस्व हिनामिना : यातायातका चार उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचारी ठहर

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 789
    SHARES

    काठमाडौं । विशेष अदालतले यातायात कार्यालय इटहरी कोशीका ११ कर्मचारीलाई राजस्व हिनामिनामा भ्रष्टचारी ठहर गरेको छ । एकै प्रकरणका फरक फरक दुई मुद्दामा अदालतले चार उपसचिवसहित ११ जनालाई भ्रष्टाचारी ठहर गरेको हो ।

    मंगलबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनीहरूको सजाय निर्धारणका लागि पेसी तोकेको छ । न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले अब चैत ८ गते सजाय निर्धारण गर्नेछ ।



    प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार अदालतले कार्यालयका तत्कालीन उपसचिव रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल र होमनाथ भट्टराईको कसुर ठहर गरेको हो । यसैगरी लेखा अधिकृत कुमारबहादुर कटुवाल, टिकराम अधिकारी पनि भ्रष्टाचारी ठहर भएका छन्।



    अदालतले लेखापाल सुरेश अधिकारी, देवराज नेपाल, रुद्रप्रसाद दाहाल, मणिराज दाहाल र सह(लेखापाल टंकबहादुर खड्कालाई पनि कसुरदार ठहर गरेको छ।

    अख्तियारले यातायात व्यवस्था कार्यालय इटहरीको आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ को फागुन मसान्तसम्मको राजस्व रकमबारे अनुसन्धान गरेकोमा ६१ करोड २१ लाख २८ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भेटिएको थियो ।

    यस्तै आर्थिक वर्ष ०६९/७० देखि ०७०/७१ सम्म बैंक दाखिला गर्नुपर्ने ८ करोड ९६ लाख रुपैयाँभन्दा बढी रकम खाएको र मासेर हिनामिना गरेको अभियोगपत्रमा दाबी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार