Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • हजार किलोमिटर हिँडेर २ सय कोरियाली भिक्षु लुम्बिनीमा

    हजार किलोमिटर हिँडेर २ सय कोरियाली भिक्षु लुम्बिनीमा

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 792
    SHARES

    लुम्बिनी । दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्री पैदलयात्रा गरेर लुम्बिनी आइपुगेका छन् ।

    दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले कोरियाली बौद्ध भिक्षु–भिक्षुणी सहित बौद्ध तीर्थयात्रीहरुलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो ।



    भारत हुँदै बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले बुद्धस्थलमा स्वागत गरेको छ ।



    दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीको पैदलयात्री एक हजार किलोमिटर दुरी पैदल यात्रा गरेर लुम्बिनी आइपुगेका हुन् । भारतको कुशिनगर, शारनाथ र बोधगयाको भ्रमण गर्दै टोली बुद्धजन्मस्थल लुम्बिनी आइपुगेको हो ।

    कोरियाका अग्रज बौद्ध भिक्षु छासुङ्ग सहितका १०५ जना धर्मगुरु र तीर्थयात्रीले मायादेवी मन्दिरको दर्शन गर्दै विश्व शान्तिको कामना गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार