Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता

    प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 516
    SHARES

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

    उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तयार भएपछि व्यवसायीले आन्दोलनका कार्याक्रम फिर्ता लिएका हुन् ।



    छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका थिए ।



    पछिल्लो समयमा देशभरका करिब ६० भन्दा बढी संघसंस्था मिलेर बैंकविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

    बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए ।

    उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर आन्दोलन गर्दै आइरहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार