Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे र निजी सचिवमा अधिकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको परराष्ट्र मामिला सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार चालिसेलाई परराष्ट्र सल्लाहकार र अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् ।

पूर्व राजदूत समेत रहेका चालिसेले आफू राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा नियुक्त भएको जानकारी दिए ।

चालिसेले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र सल्लाहकारका रुपमा काम गरिसकेका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077