Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंको आरोप- कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले अधिकार हनन गर्‍यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन गरेको बताएका छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको संयोजक शम्भु थापालाई पक्राउ गरेर सरकारले अराजकता देखाएको आरोप लगाए ।

उनले भने, 'त्यो बनाएकै भरमा केही नगरी उहाँलाई पक्रेर लगेर थुनियो। कति अराजक रहेछ मुलुक। संविधान प्रदत्त अधिकार हनन् गर्‍यो, उहाँले सर्वहारा वर्ग र भुइँमान्छेको कुरा गरिराख्दा प्रचण्ड सरकारले पक्रेको हो।'

पक्राउ परेका संयोजक थापालाई भने प्रहरीले छोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077