Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • चिनियाँ उद्यमीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

    चिनियाँ उद्यमीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 603
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

    नेपाल उद्योग परिसंघ सिएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको नेपाल चाइना विजनेश फोरममा उनले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालले व्यापार र लगानीमैत्री नीति बनाइरहेको छ । हामीले हाम्रा नीतिहरूमा सुधार गर्दै वैदेशिक लगानीका लागि प्रोत्साहन, प्रवर्द्धन र सुरक्षा गरिरहेका छौँ ।’



    प्रधानमन्त्री प्रचण्डले नेपालको व्यापार नीति वैदेशिक लगानीमैत्री रहेको भन्दै वैदेशिक लगानी बढाउन सरकार अग्रसर रहेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको करसीमा न्यून रहेको र व्यावसायिक वातावरण राम्रो भएको बताए ।

    उनले स्वदेशी र विदेशी लगानीकर्तामा कुनै पनि विभेद नगरिने पनि प्रतिबद्धता जनाए । उनले विदेशी लगानीकर्ताको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुरु गर्ने विषयमा कानुन बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको समेत बताए ।

    नेपालमा लगानी विस्तार गर्नको लागि चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्री प्रचण्डको आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार