Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलमा अनुदान कटौतीपछि एमाले नेता रावलको प्रश्न - सरकार जनताको होइन ?

काठमाडौं । नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले नेपाल सरकारले मलमा दिने अनुदान कटौती गरेको भन्दै तिव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै नेता रावलले सो असन्तुष्टि जनाएका हुन् ।

उनले लेखेका छन्,'पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ।नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन?!'

सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने, नेपाली किसानको तरकारी, माछा र केरामा बजार नपाउने नीति गलत रहेको उनको भनाइ छ ।

सरकारले मलको अनुदान घटाएपछि कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ। अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डीएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ।

यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डीएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077