Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलाली कञ्चनपुरका राना थारु समुदायले खखडेहरा पर्व मनाउँदै, आज सार्वजनिक बिदा

कैलाली । कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा रहेको छ ।

राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो ।

यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी आज फागुन ३० गते नै सार्वजनिक बिदा दिने निर्णय भएको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले होरी अर्थात् होलीको अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् ।

राना थारु समुदायमा होरी सबैभन्दा महत्त्वपूर्ण पर्व हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077