Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपालको संविधानले नै सुरक्षाको बृहत पक्षको महत्वलाई आत्मसात गरेको छ : प्रधानसेनापति

    नेपालको संविधानले नै सुरक्षाको बृहत पक्षको महत्वलाई आत्मसात गरेको छ : प्रधानसेनापति

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 825
    SHARES

    काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले शीतयुद्ध पश्चातको परिवर्तित विश्व व्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाको क्षेत्रलाई व्यापक बनाउँदै लगेको बताएका छन् ।

    रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिममा प्रधान सेनापतिले शर्माले यस्तो बताएका हुन् ।



    उनले दीगो आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको बताए । उनले यस्तो वातावरणको सुनिश्चितता राज्यशक्तिका सम्पूर्ण संयन्त्रहरुको सहकार्यबाट मात्र सम्भव हुने बताए।



    प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको बताए । उनले विविध चुनौतीहरुले नेपालको राष्ट्रिय सुरक्षामा पार्ने सम्भावित प्रभावको अनुमान गर्दै त्यसलाई सामना गर्न नेपालको संविधानले नै सुरक्षाको बृहत पक्षको महत्वलाई आत्मसात गरेको कुरा उल्लेख गरे ।

    शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड कलेजमा सोमवारदेखि शुरू भएको आठौं समूहको १५ दिने तालिममा राष्ट्रिय सुरक्षाका बहुपक्षीय आयामलगायत राष्ट्रियहितका विविध विषयमा ज्ञान दिइनेछ ।

    तालिममा राष्ट्रिय शक्तिका तत्व, राष्ट्रिय शक्तिका रुपमा कूटनीतिः अवसर र चुनौती, नागरिक–सैनिक सम्बन्ध, रणनीति निर्माण प्रक्रिया, राष्ट्रिय सुरक्षा, सुरक्षा नीति तर्जुमाका विषयमा विद्वानको अनुभव प्रस्तुति हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार