Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध ६२ लाख ठगीको उजुरी

    ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध ६२ लाख ठगीको उजुरी

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको ‘प्रसाद-२’ का निर्माता सुवास थापाविरुद्ध चेक बाउन्स र ठगी गरेको आरोप लागेको छ ।

    साढे ६२ लाख रुपैयाँ ठगीको आरोपमा व्यवसायी केशव पाण्डेले उनीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा बैंकिङ कसुरको जाहेरी दर्ता गरेका हुन् ।



    थापाले सुरुमा पाण्डेलाई निर्माताका रुपमा प्रसाद-२ मा भित्राएका थिए । तर पछि विवाद भएपछि थापाले प्रसाद २ बाट हात झिकेका थिए ।



    व्यवसायी पाण्डेका अनुसार फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको रकम बाँड्ने भनेर आफूलाई प्रलोभनमा पारी थापाले एक वर्षअघि उक्त रकम लगेको तर पटकपटक ताकेता गर्दा पनि रकम फिर्ता नगरेकाले जाहेरी दिइएको हो ।

    निर्माता थापाले नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखामा रहेको खाताको चार वटा चेक दिएको तर साट्न जाँदा पर्याप्त मौज्दात रकम नभएकाले आफूलाई झुक्याएको उनको भनाई छ ।

    प्रमाणसहित उजुरी आएपछि दर्ता गरेर कानुन प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।आन्तरिक लफडाका कारण ‘प्रसाद २’ पटकपटक विवादमा पर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार