Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा, रामसहायलाई समर्थन

    उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा, रामसहायलाई समर्थन

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 654
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् ।

    उम्मेदवारी फिर्ता लिएपछि उनले जसपाबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्ने घोषणा गरेकी हुन् ।



    उनले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवं स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवं परिपक्क नेता यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।



    उनले सोमबार विज्ञप्ति जारी गर्दै अब उप्रान्त आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको उल्लेख गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार