Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपति रामचन्द्रले कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत

    राष्ट्रपति रामचन्द्रले कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 582
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

    सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार आइतबारदेखि नै लागू हुने गरी पौडेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।



    पौडेलले आइतबार केन्द्रीय कार्यसमिति सदस्यका साथै साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए । साथै, देउवाले राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यम्पादन गर्न पौडेल सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।



    नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार