Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलाली र कञ्चनपुरमा फागुन ३० गते सार्वजनिक बिदा

कैलाली । राना थारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले फागुन ३० गते सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले राना थारु समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि, खख्डेहरा पर्वको बिदा चैत १ गते कायम गरिएको थियो । तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा संशोधन गर्दै फागुन ३० गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिए ।

होरी पर्वको क्रममा मनाइने खख्डेहरा राना थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । दुई जिल्लामा बसोबास रहेको राना थारु समुदायले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077