Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुली बस दुर्घटना : मृतक तीन जनाको सनाखत

सिन्धुली । सिन्धुलीको फिक्कलमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ ।

मृतकहरुमा बसका सहचालक ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका ६ का २४ वर्षीय देवबहादुर सार्की, सिद्धिचरण नगरापालिका ३ का ३२ वर्षीय पेशल भुजेल, उदयपुर कटारी नगरपाालिका २ की ३५ वर्षीय कुमारी क्याप्छाकी मगर रहेका छन् ।

अन्य तीन जना मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो । बस दुर्घटनामा परी घाइते भएका ८ जनालाइ थप उपचारको लागि खुर्कोटबाट सेनाको हेलिकोप्टरमा काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका ४ को कुहिभीरमा तीव्र गतीमा रहेको बा २ ख ६५९६ नं बस अनियन्त्रीत भइ भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । ओखलढुङ्गाबाट काठमाडौं जाँदै गरेको बसमा ३६ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077