Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङ्देनले भने- उपराष्ट्रपतिमा कसलाई मत दिने छिट्टै निर्णय गर्छौं

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिट्टै पार्टीले निर्णय गर्ने बताएका छन्।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले उक्त कुरा बताएका हुन् ।

त्यस्तै, यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशिल व्यक्तिले राष्ट्रपतिमा उमेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट पारेका छन्।

उनले भने, ‘यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशिल व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको हो।’

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077