काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले द्वन्द्वकालीन मुद्धा र शान्ति सम्झौताले सम्बोधन गरेको विषयलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्न नसक्ने बताएका छन् ।
माओवादी धारका पार्टीहरुले आइतबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले उक्त कुरा बताएका हुन् ।
उनले यो मुलुक अझै गरिब र निमुखाहरूको भइनसकेको देखिएको बताए ।
विप्लवले भने, ‘जनताको तागतबाट जन्मिएको व्यवस्था र परिवर्तनलाई सीमित मुट्ठीभरहरूको हातमा लगेर जनता र नेता–कार्यकर्तालाई अपराधीकरण गर्न खोजेका छन् । तिनीहरू यो देशमा टिक्ने छैनन् । हाम्रो प्रतिरोधको सामु टिक्ने छैनन् ।’
अहिलेको परिवर्तनलाई उल्टाएर ०४७ सालमा पुर्याउन खोजिएको भन्दै उनले वैज्ञानिक समाजवादतर्फ देशलाई लैजानुपर्नेमा जोड दिए ।
Leave a Reply